राजश्व छल्नेलाई जेल हालेरै छोड्छौ: अर्थमन्त्री खतिवडा (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 10:12:09 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले करछली गर्नेलाई कारवाही गरेरै छाडीने बताएका छन् । शुक्रबार नेपाल चेम्बर अफ कर्मसले आयोजना गरेको कार्यक्रममा उनले राजश्व चुहावट गर्नेलाई एक दिन मात्र भएपनि जेल हाल्ने बताएका हुन ।

आयकर ऐन र भ्याट ऐनमा नै भुल सुधार गर्ने अवसर दिएको भन्दै उनले भने 'राजश्व चुहावट भनेको गम्भीर अपराध हो गम्भीर अपराधको सजाय पैसा तिरेर पुरा हुन्दैन, राजश्व चुहावट गर्ने ब्यक्ति एक दिन नै किन नहोस जेलमा बस्नुपर्छ । '

तर उनले अब आउने राजश्व चुहावट ऐनले व्यवसायीलाई मार नपर्ने स्पस्ट पारे । पहिलेको ऐनमा २०० प्रतिशत सम्म जरिवानाको ब्यवस्था रहेकोमा नयाँ बन्ने ऐनले सतप्रतिशत सम्म विगो जरिवानाको ब्यवस्था राख्न लागिएको उनले बताए ।

जरिवाना समत घटाइन लागेकोले उनले यसले असर नपर्ने भन्दै व्यवसायीलाई आश्वस्त पारे । ब्यवसायीलाई जेल बस्नु पर्ने भन्दैमा उनले नआत्तिन सुझाव दिए । उनले भने ' जेल हाल्ने भन्दैमा व्यावसायी नै धरासायि हुने गरि ५ वर्षको लागि जेल हालिदैन ।' कतिपय अपराध पैसाले काट्न नसकिने भएकोले त्यस्तो अपराधमा केही महिनाको लागि मात्र भएपनि जेल बस्नुपर्ने उनको भनाई छ । भुलवस नभएर नियतवस राजश्व चुहावट गर्छ भनेर उसले जेस सजाय भोग्नुपर्ने उनले प्रस्ट पारे । 

हेर्नुस भिडियो :

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved