पत्रकारलाई नयाँ कानुन, सामाजिक सञ्जालमा लेख्न पनि कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 30, 2019 | 12:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रेस काउन्सिल र पत्रकार महासंघले पत्रकार तथा सञ्चारमाध्यमलाई सामाजिक सञ्जाल प्रयोगमा कडाई गर्ने नियम बनाएको छ । असोज ६ गतेबाट लागू हुने गरि तयार भएको पत्रकार आचारसंहितामा कडा प्रावधान समावेश गरिएका छन् । 

प्रेस काउन्सिलको स्वर्ण जयन्तीका अवसरमा असोज ६ गते राष्ट्रपतिबाट पत्रकार आचारसंहिता सार्वजनिक गरिने काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । युट्युबर, ब्लगरलाई समेत पत्रकार भन्ने गरिएकोका कारण उनीहरुले अफवाह फैलाउने सामाग्री सामाजिक सञ्जालमा शेयर गर्ने प्रवृत्ति बढेपछि पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगमा समेत आचारसंहिता लगाउन लागिएको प्रेस काउन्सिलले जनाएको छ ।

अब पत्रकारले सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताले प्रकाशन गरेका जानकारी, समाचार, विचार तथा कमेन्ट शेयर वा रिट्विट गरी पुनः प्रकाशन गर्दा आफूले प्रकाशन गरे सरह मानिनेछ । 

पत्रकार तथा सञ्चारमाध्यमले कुनै पनि प्रविधिको अदृश्य रूपमा प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ । सार्वजनिक हितका लागि प्रविधिको गोप्य रूपमा प्रयोग गर्नुपरेमा त्यसरी संकलित सामाग्री प्रस्तुत गर्दा पाठक, स्रोता वा दर्शकलाई जानकारी दिनुपर्ने छ । पत्रकार तथा सञ्चारमाध्यमले न्यायिक निकायमा विचाराधीन मुद्दाको सुनुवाइ वा निर्णयमा प्रतिकूल असर पार्ने गरी कुनै पनि सामग्री सम्प्रेषण गर्न नपाइने भएको छ । 

काउन्सिलको निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यम अवज्ञाकारी, कालोसूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकता अनुसार सार्वजनिक गर्ने नयाँ व्यवस्था थपिएको छ । कालोसूचीमा परेका पत्रकार वा सञ्चारमाध्यमले राज्यबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन लगायतका अन्य सुविधा पाउने छैनन् भने पत्रकार प्रेस पास निलम्बन समेत हुनेछ । 

अनलाइन सञ्चारमध्यममा सम्प्रेषित कुनै सामाग्रीले आचारसहितको गम्भिर उल्लंघन गरेको ठहर भएमा त्यस्ता अनलाइनका सामाग्री बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई काउन्सिलले पत्राचार गर्ने छ । यसका लागि प्रहरी, सरकारी वकिल र प्रेस काउन्सिलका प्रतिनिधिसहित कार्यदल समेत गठन हुनेछ ।

सञ्चारमाध्यमले कसैको चरित्र, सामाजिक प्रतिष्ठामा गम्भीर चोट पु¥याउन नियतवश समाचार सम्प्रेषण गरेको पाइएमा प्रेस काउन्सिलले सम्वन्धित सञ्चार माध्यमलाई कारबाही गर्नेछ । 

एउटा अनलाइनको समाचार वा सामाग्री साभार गर्दा अब मूल स्रोत खुलाएर वा अनुमति लिएरमात्रै अरुको सामाग्री साभार गर्न पाइने नियम पनि काउन्सिलले बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved