रबी लामिछानेको मुद्दामा उच्च अदालतले दियो यस्तो आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 11:10:20 AM मा प्रकाशित

laxmi  sunrise bank

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा चितवन जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै सञ्चारकर्मी रबी लामिछानेले दायर गरेको रिटमा उच्च अदालत पाटनले सक्कल मिसिल मगाउन आदेश दिएको छ । उच्च अदालत पाटनको हेटौंडा इजलाशले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको हो ।

लामिछानेसहित र न्यूज २४ टेलिभिजनमा कार्यरत युवराज कँडेलले मंगलबार दायर गरेको पुनरावलोकन रिटमाथि सुनुवाई गर्दै उच्च अदालतको हेटौंडा इजलाशका मुख्य न्यायाधीश टेकराज नेपालको इजलाशले शालिकराम पुडासैनी प्रकरणको आत्महत्या दुरुत्साहन मुद्दाको सक्कल मिसिलसहितको प्रतिवेदन मगाउन आदेश जारी गरेको हो । 

पुडासैनी मृत्यु प्रकरणका चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख धरौटी लिइ तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न थुनछेक आदेश जारी गरेको थियो । जिल्ला अदालतको उक्त आदेश र आफूहरुका सन्दर्भमा राखिएका शर्त खारेजको माग गर्दै उनीहरुले उच्च अदालतमा रिट दायर गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved