भारतीय जीपको ठक्करबाट २ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 04, 2019 | 03:09:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल–भैरहवा सडक खण्डमा भारतीय नम्बर प्लेटको जीपले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । सडक खण्डको अञ्चलपुरमा जीपले ठक्कल दिँदा रुपन्देहीको ओमसतिया ३ का अन्दाजी ५८ वर्षीय प्रेमजित थारु र उनकी श्रीमती ५६ वर्षीय बासमति थारुको मृत्यु भएको हो । 

भैरहवाबाट बुटवल आउंदै गरेको लु २४ प २८३५ नम्बरको मोटरसाइकललाई यूपी १४ सीबी ००११ नम्बरको जीपले ठक्कर दिँएको हो । मोटरसाइकललाई ठक्कर जीप भागेको थियो । तर मंगलापुर प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved