तत्कालिन एमाले सांसद डिबी जेल चलान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 05, 2019 | 11:40:20 AM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालीन एमाले सांसद डोलबहादुर कार्की(डिबी) पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले कार्कीलाई बिहीबार बिहान सतुङ्गलबाट पक्राउ गरेको हो ।

‘इन्स्पेक्टर बनाइदिने’ भन्दै घूस लिएको अभियोगमा उनीविरूद्ध सर्वोच्च अदालतले ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । त्यसयता उनी फरार थिए ।  

कार्कीको स्याङ्जा जिल्ला साबिक टकसार गाविस वडा नं. ६ स्थायी हो। उनी हाल काठमाडौं-१४ कलंकी डेरा गरी बस्दै आएका थिए। पहिलो संविधानसभा चुनावमा लमजुङबाट तत्कालीन नेकपा एमालेबाट उनी समानुपातिक सभासद चुनिएका थिए।

कार्कीलाई कैद भुक्तानका लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved