नीजि क्षेत्रलाई बाँधेर सरकार बलियो हुँदैनः मन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 06, 2019 | 03:11:32 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि आरोहण बन्द रहेका हिमालमा आरोहण खुलाउने तयारी भईरहेको बताएका छन् । उनले सन् २०२० मा मनाउन लागिएको भ्रमण वर्षका लागि प्रतिबन्धित हिमालको आरोहण खुल्ला गर्ने पहल भईरहेको बताए । 

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ् नेपाल (टान) को ४१ औँ वार्षिक साधारण सभामा मन्त्री भट्टराईले ‘सकेसम्म प्रतिबन्धित हिमाल खुल्ला गर्छौै, त्यो सम्भव नभए केही मात्रामा भएपनि प्रतिबन्ध खुकुलो बनाउछौं’ भने । उनले १५ औँ पञ्चवर्षीय योजनाले पर्यटनमार्फत देशको कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशत योगदान पुर्याउने लक्ष्य लिएको उल्लेख गर्दै २०२० मा मनाईने भ्रमण वर्षबाट शिक्षा लिएर भ्रमण दशक समेत मनाउन सकिने बताए । २० लाख पर्यटक ल्याउने लक्ष्य चूनौतीपूर्ण रहेको स्वीकार गर्दै उनले सरकार र नीजि क्षेत्रले होस्टेमा हैसे गरे लक्ष्य पूरा गर्न असम्भव भने नरहेको बताए ।

मन्त्री भट्टराईले नीजि क्षेत्रलाई अंकुश लगाएर सरकार बलियो नहुने बताए । ‘व्यवसायीलाई, नीजि क्षेत्रलाई बाँधेर सरकार बलियो हुने होईन, कमजोर हुन्छ’ उनले भने, ‘नीजि क्षेत्र दह्रो भयो भने सरकार पनि बलियो हुन्छ, त्यसैले के गर्दा नीजि क्षेत्र फस्टाउँछ सरकारले त्यही गर्छ ।’ 

व्यवसायीले विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय सरकारले समेत कर असुल्न थालेकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्रीको ध्यानाकर्षण गराएका छन् । जवाफमा मन्त्री भट्टराईले दोहोरो करको विषयमा व्यवसायीसँग छलफल गरेर सहज हुनेगरि सरकारले निर्णय गर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved