नेपालका सम्पूर्ण उत्तर कोरियाली व्यवसाय बन्द गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2019 | 04:08:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा रहेका उत्तर कोरियाली व्यवसाय बन्द हुने भएका छन् । सरकारले उत्तर कोरियाली नागरिकले नेपालमा संचालन गरेका र उत्तर कोरियाली लगानीमा संचालन भएका व्यवसाय र कम्पनी बन्द गर्न निर्देशन दिएको हो  

उद्योग विभागले असोज १४ गतेसम्म उद्योग तथा व्यवसाय बन्द गर्न पत्राचार गरेको छ । अब उनीहरुले ति उद्योग तथा व्यवसाय बन्द गर्नुपर्ने हुन्छ या स्वामित्व हस्तान्तरण गर्नुपर्ने हुन्छ । नेपालमा उत्तर कोरियाली नागरिकको स्वामित्वमा ९ वटा व्यवसाय छन् । यसमध्ये धेरैजसो होटल तथा रेष्टुरेन्ट रहेका छन् । 

संयुक्त राष्ट्र संघका केही प्रावधान र अमेरिकाको दबाबपछि नेपालमा रहेका उत्तर कोरियाली व्यवसाय बन्द हुने भएका हुन्। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव नम्बर २३९७ अनुसार नेपालले उत्तर कोरिया र त्यहाँका नागरिकले लगानी गरेको व्यवसाय बन्द गर्नुपर्ने हुन्छ ।

यस संगै नेकोर्यो अस्पताल, हिमालयन सोजी रेस्टुरेन्ट,  होटल रिमिन एन्ड रेस्टुरेन्ट, पोङयाङ अकुग्यान नेपाल, योङबोङ चान्ड आइटी कम्पनी, बोटोङगाङग रेस्टुरेन्ट एन्ड बार, मिनस रेस्टुरेन्ट एन्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन र पोङयाङ अकुग्यान रेस्टुरेन्ट बन्द हुने छन् वा स्वामित्व परिवर्तन हुने छ। 

गत असार १५ गते नै संयुक्त राष्ट्र संघ र परराष्ट्र मन्त्रालयका प्रतिनिधिकोे बैठकले नेपालमा रहेका कोरियाली व्यवसाय १५ दिनभित्र बन्द गर्न सम्बन्धित व्यवसायी र नेपालमा रहेका उत्तर कोरियाली दूतावासलाई पत्र पठाएको थियो । तर त्यो कार्यन्वयन हुन् सकेको थिएँन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved