बिजपाटी सम्बाददाता     Sep 18, 2019 | 12:51:45 PM


tansen

बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिकामा बस दुर्घटना हुँदा १७ यात्रु घाईते भएका छन । सिन्धुलीको मरिणबाट काठमाडौं आउँदै गरेको ना ३ ख ९६८४ नम्बरको बस दिउसो करिब १२ः१५ बजे बाटो माथिबाट बगेर आएको लेदोमा चिप्लिएर करिब २० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका मरिण गाउँपालिका–४ का ४ वषीृय बालक सुलभ माझी, उनका ३२ वर्षीय बुबा बशन्त कुमार माझी र आमा रुपा माझीलाई धुलिखेल अस्पताल ल्याईएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका