आइतबार बिहानै भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान ७ः२७ बजे बाग्लुङ र रोल्पा केन्द्रविन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । सो क्षेत्रमा एकाबिहानै भूकम्पले हल्लाएपछि मानिसहरु त्रसित बनेका छन् ।