महरा अझै हिरासतमै रहने, अदालतले दियो यस्तो आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2019 | 06:35:21 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई थप ५ दिन थुना मै राख्न अनुमति दिएको छ । आइतबार भएको थुनछेक बहसपछि  न्यायाधीश बाबुराम सुवेदीको इजलासले उनलाई थप ५ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो   । यद्यपि यो मिति करिक २ गतेबाट नै लागु हुने छ । 

सरकारी वकिलको कार्यालयले भने अनुसन्धान नसकिएको भन्दै थप ७ दिनको लागि म्याद थपको लागि माग गरेको थियो  । महराले यस आघ इबयाँ दिन आनाकानी गरेका थिए  । तर आज भने उनले सरकारी वकिलको कार्यालयमा झन्डै ७ घण्टा बयान दिएका छन्  । 

संसद सचिवालयकी कर्मचारी रोशनी शाही विरूद यौन दुर्व्यवहारको  आरोपमा उनी असोज १९ गते पक्राउ परेका थिए । सुरुमा शाहीले आफुमाथि महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपनि त्यस पछि उनले केहि पनि नगरेको दाबी गर्दै आएकी छिन्।  आज पनि उनले महराले आफु माथि बलात्कार प्रयास नभएको भन्दै अर्को निवेदन दिएकी छिन् । शाहीले आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलास निवर्तमान सभामुख कृष्ण बहादुर महराले बलात्कार प्रयास नगरेको भन्दै निवेदन दिएकी हुन् ।

महरालाई दोस्रो पटक म्याद थप्नको लागि उपस्थित गराएपछि रोशनीले संगै उपस्थित भएर निवेदन दिएकी हुन्। निवेदनमा उनले  महराविरुद्ध जबरजस्ती उजुरी दिन दवाव दिएका कारण उजुरी दिएको उल्लेख गरेकी छन्। महरालाई थुना मै राखेर अनुसन्धान गर्न यस अघि अदालत बाट लिईएको म्याद आज आईतबार सकिएको छ । 

यो पनि : 

महरा प्रकरणमा अर्को ट्वीस्ट, निवेदन लिएर रोशनी पनि अदालतमा

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved