राजधानीबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा प्रहरीले बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित उनीहरुलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको छ । पक्राउ परेकाको नाम भने खुलाईएको छ ।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।