देशभरको मौसम बदली, बर्षा र हिमपातको सम्भावना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 23, 2019 | 01:11:41 PM मा प्रकाशित

laxmi  sunrise bank

जल तथा मौसम विज्ञान विभागले देशभरको मौसम बदलि भएको जनाएको छ। बिभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अरब सागरको पूर्वी-मध्य भागमा विकशित भएको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको प्रभावको कारणले नेपालको मौसममा बदलि आएको जनाएको हो ।

विभागले ३ दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै देशका केहि स्थानमा वर्षाको सम्भावना रहेको र उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको जनाएको छ।

यस्ता छ विभागले गरेको ३ दिनको मौसम पूर्वानुमान : 


कार्तिक ०६  गते (बुधबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका एक/दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ। 

राती: देशका देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

कार्तिक ०७  गते (बिहिबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक वा दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ।  उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राती: देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमि पहाडि भेगका एक/दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

 कार्तिक ०८  गते (शुक्रबार)

दिउँसो : देशका मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका थोरै स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ।

राती: देशका मध्य तथा पूर्वी सामान्य बदली रहने तथा बांकी भु-भागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वी भेगका एक/दुई स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमालि भु-भागमा हल्का हिमपातको संभावना रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved