सन्दिप लामिछानेले अस्ट्रेलियाबाटै भने 'मेरो लागि 'प्रे' गर्दिनु, नेपालको नाम माथि राख्ने छु'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 17, 2016 | 02:38:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान माइकल क्लार्कको क्लबबाट प्रशिक्षण लिई रहेका नेपाली क्रिकेटर सन्दिप लामिछानेले राम्रो काम गरेर नेपालको नाम माथि राख्ने बताएका छन् ।

 माइकल क्लार्कको आत्मकथाको किताब 'माई स्टोरी - माइकल क्लार्क' को प्रमोशनको लागि भएको फेसबुक लाइभमा सन्दिप पनि देखिएका थिए । सन्दिपले आफु अस्ट्रेलियामा'इन्जोए' गरिरह्रेको बताए  । उनले भने 'आई लभ अस्ट्रेलिया, मज्जा आईरहेको छ, म यहाँ राम्रो गर्ने छु, मेरो लागि 'प्रे' गरिदिनु होला, नेपालको नाम माथि राख्ने छु' । सन्दिपले क्लार्कको अनुमति लिएर नेपाली मै सम्बोधन गरेका थिए । 

उनले सबैलाई सहयोगको लागि धन्यबाद पनि दिए  । साथै क्लार्कको किताबको बारेमा उनले   किताब राम्रो रहेको र पढिदिन पनि आग्रह गरे  । 

क्लार्कले भने सन्दिपको खुलेरै  प्रशसा गर्दै उनको भविष्य राम्रो रहेको बताए  । उनले भने 'म सन्दिपमाथि दबाब दिन चाहन्न, उसले अहिले खेल 'इन्जोय' गर्नु पर्छ, निरन्तर सिनु पर्छ'  । क्लार्कले सन्दीपले अहिले नेपालको भन्दा फरक पिचमा खेलिरहेकाले भबिष्यमा बिश्वको जुन सुकै पिचमा पनि सफल हुने बिश्वास लिए । 

क्लार्कको किताब आज सोमबार सार्बजनिक हुदै छ ।  

हेर्नुस भिडियो 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved