शिर्ष स्थान कब्जा गर्ने दाउँमा म्यानचेस्टर सिटी, शिर्ष ५ मा स्थान खोज्दै युनाईटेड 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2016 | 01:15:43 PM मा प्रकाशित

laxmi  sunrise bank

इंगलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज आइतबार २ खेल हुदै छन् । आज हुने पहिलो खेलमा नेपाली समय अनुसार साँझ ६:१५ मा म्यानचेस्टर सिटी र साउथह्याम्पटनबिच प्रतिस्पर्धा हुने छ । आजको खेल जित्दै सिटी अंक तालिकाको शिर्ष स्थानमा उक्लने योजनामा छ भने साउथह्याम्पटन महत्वपूर्ण ३ अंक बटुल्ने सोचमा छ । सिटी १९ अंक सहित तेस्रो स्थानमा छ भने  साउथह्याम्पटन १२ अंक सहित ८ औ स्थानमा छ । 

आज हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाईटेड भिड्ने छन् । नेपाली समय अनुसार  राति ८:४५ बजे हुने खेल चेल्सीको घरेलु मैदानमा हुने छ । चेल्सी आजको खेल जित्दै शिर्ष स्थानका क्लबहरुलाई दबाब मै राख्ने योजनामा छ  । संघर्षरत म्यानचेस्टर युनाईटेड भने आजको खेल जित्दै शिर्ष ५ मा पर्ने योजनामा छ  । 

चेल्सी हाल १६ अंक सहित ५ औ स्थानमा छ भने युनाइटेड १४ अंक सहित ७ औ स्थानमा छ  । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved