यी हुन् एन्फाको नयाँ नेतृत्वको लागि अध्यक्ष र उपाध्यक्षका प्रत्यासी , भोलि मतदान

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 23, 2016 | 05:10:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र उपाध्यक्ष पदको लागि सोमबार मतदान हुदै छ । अध्यक्ष पदमा वर्तमान कार्यवाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र वर्तमान उपाध्यक्ष कर्माछिरिङ शेर्पाले उम्मेदवारी दिएका छन्। त्यस्तै उपाध्यक्षका लागि दीपक खाती, मणि कुँवर र उपेन्द्रमान सिंहले उम्मेदवारी दिएका छन्।

चुनावका लागि विश्व फुटबल महासंघ (फिफा) र एसिया फुटबल महासंघ (एएफसी)का प्रतिनिधि पनि नेपाल आइपुगेका छन्। नयाँ नेतृत्वको कार्यकाल १ बर्षको मात्र रहने छ । यस अघिका अध्यक्ष  गणेश थापालाई फिफाले भ्रष्ट्राचार मुद्दामा प्रतिबन्ध लगाएपछि अध्यक्ष पदमा बाँकी एक वर्षका लागि चुनाव हुन लागेको हो।  
 
फिफाले थापालाई विभिन्न भ्रष्टचार सम्बन्धी मुद्दा दोषी ठहर गर्दै १० वर्ष कुनै पनि फुटबलसँग सम्बन्धित गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो। त्यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि उपाध्यक्ष पदको लागि पनि संगै चुनाव हुन् लागेको हो।

चुनावमा  ४५ जिल्ला फुटबल संघ, १२ ए डिभिजन क्लब, ५ बी डिभिजन क्लब, ३ सी डिभिजन क्लब तथा खेलाडी, प्रशिक्षक, रेफ्री र महिला समितिबाट समान एक-एक जनाले गरी कुल ६९ जनाले मतदान गर्नेछन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved