नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा श्रेष्ठ निर्बाचित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 24, 2016 | 05:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्रलाल श्रेष्ठ निरचित भएका छन् । आज भएको मत परिणाममा श्रेष्ठले ३६ मत प्राप्त गरेका हुन  । उनी यस अघि कार्यवाहक अध्यक्ष  थिए । उनका प्रतिद्वन्दी कर्माछिरिङ शेर्पाले ३१ मत प्राप्त गरे । 

त्यस्तै उपाध्यक्ष पदमा मणि कुँवर निर्बाचित भएका छन् । कुँवरले ३४ मत प्राप्त गरे भने अन्य  प्रत्यासी  दीपक खातीले २५ तथा उपेन्द्रमान सिंहले ८ मत मात्र प्राप्त गरे ।  आज निर्बाचित दुवै जना फिफाबाट कारबाहीमा परेका निलम्बित अध्यक्ष गणेश थापा पक्षीय उम्मेदवार हुन् ।  चुनावमा विश्व फुटबल महासंघ (फिफा) र एसिया फुटबल महासंघ (एएफसी)का प्रतिनिधि पनि उपस्थित थिए ।

 याँ नेतृत्वको कार्यकाल १ बर्षको मात्र रहने छ । यस अघिका अध्यक्ष  गणेश थापालाई फिफाले भ्रष्ट्राचार मुद्दामा प्रतिबन्ध लगाएपछि अध्यक्ष पदमा बाँकी एक वर्षका लागि चुनाव भएको हो।  
 
फिफाले थापालाई विभिन्न भ्रष्टचार सम्बन्धी मुद्दा दोषी ठहर गर्दै १० वर्ष कुनै पनि फुटबलसँग सम्बन्धित गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो। त्यस्तै उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधनपछि उपाध्यक्ष पदको लागि पनि संगै चुनाव भएको हो।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved