टि २० एसिया कप खेल्न महिला क्रिकेट टोली थाईल्याण्ड प्रस्थान 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 23, 2016 | 12:51:45 PM मा प्रकाशित

laxmi  sunrise bank

महिला एसिया कप क्रिकेट प्रतियोगिता खेल्न  नेपाली महिला  क्रिकेट टोली  थाइल्याण्ड प्रस्थान गरेको छ । रुविना क्षेत्रीको कप्तानीमा आज बुधबार थाइल्याण्ड प्रस्थान गरेको टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जितको शुभकामनासहित राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ गरे  ।

राजु बस्न्यात प्रशिक्षक रहेको टोलीले आगामी शनिबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालले टेष्ट मान्यताप्राप्त एशियाली टोलीहरुसाग प्रतिस्पर्धा गर्नेछ । टि २० स्वरुपको खेलमा नेपालले शनिबार पाकिस्तानसंग, सोमबार श्रीलंकासँग, मंगलबार बंगलादेशसँग , बिहीबार थाइल्याण्डसँग  र शुक्रबार साविक बिजेता भारतसँग  प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोबिन आधारमा हुने खेलहरुपछि शिर्ष २ स्थानमा रहने टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved