सातौँ राष्ट्रिय खेलकुदमा पदक जित्नेले कति पाउँछन नगद ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 03:20:14 PM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगरमा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीलाई व्यक्तिगत रुपमा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का केन्द्रीय सदस्य एकिन्द्र कुँवरले व्यक्तिगत रुपमा नगद पुरस्कार घोषणा गरेका हुन्।

स्वर्ण पदक जित्नेलाई नगद १० हजार, रजत पदक जित्नेलाई नगद पाँच हजार र काँस्य पदक जित्नेलाई नगद तीन हजार रुपैयाँ पुरस्कार दिने केन्द्रीय सदस्य कुँवरले जानकारी दिए।

खेलाडीको हौसला बढाउन र उत्प्रेरणा दिनका लागि आफूले व्यक्तिगत रुपमा नगद पुरस्कार दिने घोषणा गरेको कुँवरको भनाइ छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved