खस्कियो एनसेल, १० लाख ग्राहक गुमाउँदा ४ अर्बको नोक्सानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 12:48:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेट मार्फत टेलिकम क्षेत्रमा गरेको करसम्बन्धी नीतिगत परिवर्तनले एनसेलको आम्दानि घटेको छ। सन २०१७ को तुलनामा सन २०१८ मा एनसेलको आम्दानी १० प्रतिशतले घटेको छ।

एनसेलको प्यारेन्ट कम्पनी एक्जियटा मलेसियाले सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्रतिवेदनमा एनसेलको आम्दानी १० प्रतिशतले घटेर ५७ अर्ब ५० करोडमा सिमित भएको छ। सन २०१७ मा एनसेलले ५८ अर्ब १ करोड आम्दानी गरेको थियो। 

त्यस्तै एनसेलको करपछिको मुनाफा समेत ३ अर्ब ६० करोडले घटेको छ। सन २०१७ मा १८ अर्ब ९० करोड मुनाफा गरेको एनसेलले सन २०१८ मा १५ अर्ब ३० करोड मात्रै मुनाफा गरेको छ। 

कारोबार रकम उत्तिकै हुँदापनि सरकारले बिभिन्न शिर्षकमा कर बढाएपछि एनसेलको कमाईमा गिरावट आएको छ। सरकारले ११ प्रतिशतको टेलिकम सेवा शुल्कलाई बढाएर १३ प्रतिशत पुर्याएको थियो भने डेटा सेवामा शुन्यबाट १३ प्रतिशत नै टेलिकम सेवा शुल्क लगाउने नयाँ व्यवस्था गरेको थियो। 

त्यस्तै टेलिकम कम्पनीको २५ प्रतिशतको आयकर सिमालाई बढाएर ३० प्रतिशत पुर्याएको छ। आयकर सीमामा भएको पाँच प्रतिशतको वृद्धिले  एनसेलको खुद नाफा झण्डै डेढ अर्बले घटेको छ।

खुद नाफामा २० प्रतिशतको गिरावट 

एनसेलको कुल कारोबार १ प्रतिशतले खुम्चिदा उसको खुद नाफा करिब २० प्रतिशतले घटेको छ। सन् २०१७ मा ५८ अर्ब १० करोड रुपैयाँको कारोवार गरेको एनसेलले सन् २०१८ मा ५७ अर्ब ५० करोड रुपैयाँको मात्रै कारोवार गरेको छ। 

त्यस्तै १ प्रतिशतले कारोवार घट्दा कम्पनीको व्याज, कर, ह्रासकट्टी, दायित्व अघिको आम्दानी (इबिआईटिडिए) ४.९ प्रतिशतले घटेको छ। सन् २०१७ मा कम्पनीको इबिआईटिडिए ३७ अर्ब ३० करोड रुपैयाँ रहेकोमा सन २०१८ मा ३५ अर्ब ५० करोड रुपैयाँमा झरेको छ।

सोसियल मिडियाको प्रभाब एनसेलको नाफामा 

नेपालमा मोबाइल प्रयोगकर्ताको संख्या बढेसंगै इन्टरनेट प्रयोग गर्नेको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ। जसकारण एनसेलले डाटा बेचेर प्राप्त गर्ने आम्दानीमा ठुलो वृद्धि भएको छ। सन् २०१८ मा डेटा सेवामा १८ प्रतिशतले वृद्धि गरेर १२ अर्ब ९७ करोड रुपैयाँको कारोवार सिर्जना गरेको छ। 

तर विदेशबाट फोन आउँदा टेलिकम कम्पनीले गर्ने आम्दानीको हिस्सा भने एनसेलले गुमाएको छ। यस्तो आम्दानी ३३ प्रतिशतले घटेको प्रतिबेदनमा उल्लेख छ। पछिल्लो समय फेसबुक, व्ह्याट्सएप, भाइबर लगायतका सोसियल साइट मार्फत नै विदेशबाट नेपालमा कुराकानी गर्नेको संख्या बढेकाले एनसेलले विदेशबाट फोन आउँदा प्राप्त गर्ने आम्दानी गुमाएको हो।  

ग्राहकको संख्यामा पनि गिरावट 

एनसेलको ग्राहक संख्या पनि घटेको उसको माउ कम्पनीले जारि गरेको प्रतिबेदनमा उल्लेख छ। एनसेलले १० लाख ग्राहक गुमाएको उसको प्रतिबेदनमा उल्लेख छ। सन २०१७ मा १ करोड ६४ लाख ग्राहक रहेकोमा यो संख्या घटेर १ करोड ३० लाखमा झरेको छ। 

नेपालमा मात्रै नोक्सानी 

अन्य देशहरुको कम्पनीबाट मुनाफा गरिरहेको एक्जियटाले नेपालको एनसेलबाट मात्रै नोक्सानी बेहोरेको उसको प्रतिबेदनमा उल्लेख छ। सन २०१६ देखि एनसेलमा एक्ज्जीयटाको ८० प्रतिशत स्वामित्व छ। नेपालमा ग्राहकको हिसाबले आफु पहिलो नम्बरमा रहेको एनसेलको दाबि छ। अहिले एन्सेलको ग्राहक संख्या १ करोड ६३ लाख भएको उसको दाबि छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved