टेलिकमले घटायो इन्टरनेटको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2019 | 04:28:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकम Nepal Doorsanchar Company Limited ले इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । पहिले न्यूनतम ५१२ केबीपीएस देखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ । 

यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस ४ हजार २ सय रुपैयाँ रहेकोमा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस २ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । पहिले ११ देखि १०० एमबीपीएस व्याण्डविथ रेन्जको प्रति एमबीपीएस ४ हजार रुपैयाँमा तिर्नुपर्नेमा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रति एमबीपीएस २ हजार ३ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । ५१ देखि १०० एमबीपीएस रेन्जको प्रति एमबीपीएस २ हजार १ सय रुपैयाँ तिर्नुपर्नेछ ।

पहिले १०० एमबीपीएस भन्दा माथिका लागि प्रति एमबीपीएस ३ हजार ८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रति एमबीपीएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुने कम्पनीले जनाएको छ । तोकिएको नयाँ दर कार्तिक १ गतेबाट लागू भईसकेको टेलिकमले जानकारी दिएको छ ।

मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिन्छ । त्यसका लागि चाहिएको क्षमताको इन्टरनेट लिज सेवाको माग सहितको निवेदन पेश गर्नुपर्ने हुन्छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved