टेलिकमले सुरु गर्‍यो शतप्रतिशत बोनस सेवा, अब जति रिचार्ज त्यति बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 25, 2020 | 03:26:37 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले रिचार्जमा शतप्रतिशत बोनस सेवा सुरु गरको छ। दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार आजराति १२ बजेदेखि यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ। 

टेलिकमका प्रवक्ता राजेश जोशीकाअनुसार रिचार्जमा र एमपोसमा शतप्रतिशत बोनस सेवा सुरु गरिएको छ। यद्दपी प्राधिकरणले दिएको दुई निर्देशन मध्ये शतप्रतिशत बोनस सेवा सुचारु भएपनि प्राबिधिक कारणले  गर्दा सापटी सेवा अहिले दिन नसकिएको उनले बताए। प्राधिकरणले मंगलबार मात्रै निर्देशन दिएको थियो।

अब टेलिकमका सेवाग्राहीले जति रिचार्ज गर्छन् त्यति नै बोनस पाउनेछन्। टेलिकमको यो सेवा आजराति १२ बजेदेखि सुरु हुने छ। अर्को व्यवस्था नभएसम्म ७ दिनका लागि यो सेवा लागू हुनेछ।

टेलिकमकाअनुसार ५० र १०० रुपैयाँ रिचार्ज गर्दा प्राप्त बोनस २ दिनभित्र, २०० र ५०० रिचार्ज गर्दा प्राप्त बोनस ४ दिन भित्र र १००० रुपैयाँ रिचार्ज गर्दा प्राप्त बोनस ६ दिनभित्र प्रयोग गरिसकेको हुनुपर्नेछ।

त्यस्तै एम्पोस वा विद्युतीय रिचार्ज अन्तर्गत १० देखि ९९ सय रुपैयाँसम्म रिचार्ज गर्दा प्राप्त बोनस २ दिनभित्र, १०० देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा प्राप्त बोनस ४ दिनभित्र, ५०० देखि ९९९ सम्म रिचार्ज गर्दा प्राप्त बोनस ८ दिनभित्र र १००० वा सो माथिको रिचार्ज गर्दा प्राप्त बोनस १० दिनभित्र खपत गरिसक्नुपर्नेछ।

बोनसबाट प्राप्त रकम टेलिकमकै नम्बरमा फोन गर्न, डाटा किन्न तथा एसएमएस गर्न सकिनेछ तर उक्त बोनसबाट ब्यालेन्स ट्रान्सफर गर्न वा गिफ्ट पठाउन सकिने छैन।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved