‘बैशाखदेखी नेपालको आफ्नै स्याटेलाइट’

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2019 | 04:48:24 PM मा प्रकाशित

laxmi  sunrise bank


नेपालले आगामी वैशाखमा भू–उपग्रह ‘सेटेलाईट’ प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधि (PHD) गरिरहेका दुई नेपाली ईन्जिनियरको सहयोगमा नेपालले पहिलोपल्ट आफ्नै भू–उपग्रह प्रक्षेपण गर्न लागेको हो ।

बड् थ्री’ नामक भू–उपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) का प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले बताए । सरकारले सहुलियत मूल्यमा तीनवटा भू–उपग्रह एकैसाथ निर्माण तथा प्रक्षेपणका लागि उक्त रकम पठाएको जानकारी दिँदै उनले आगामी वैशाखसम्ममा प्रक्षेपणको तयारी भइरहेको जानकारी दिए । 

वैशाखदेखि प्रक्षेपण हुने उक्त भू–उपग्रहबाट दैनिक नेपालको फोटो देशका विभिन्न स्थानको तस्वीर सङ्कलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा, हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्नेछ ।  

सङ्काय प्रमुख ढकाल भन्छन्, “२०७६ सालको शुरुआतसँगै नाष्टका वैज्ञानिक र विज्ञान तथा प्रविधिमन्त्री जापान पुगेर भू–उपग्रह प्रक्षेपण गर्ने कार्यक्रम छ ।” प्रक्षेपणपछि नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने विश्वास लइएको छ |

उक्त भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ । प्राप्त हुने तस्वीर र सूचनालाई नाष्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । हाल नेपालले भाडाका भू–उपग्रहबाट सूचना तथा जानकारी लिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved