टुटल र पठायो लाई पुरानै अवस्थामा चल्न दिन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 10:19:20 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल र पठायो लाई पुरानै अवस्थामा चल्न दिन निर्देशन दिएका छन। राष्ट्रिय बिकास समस्या समाधान समितिको बैठकपछि प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा  यातायात मन्त्री रघुवीर महासेठलाई यी दुई संस्थालाई पुरानै अवस्थामा चल्न दिन निर्देशन दिएका हुन। 

जनताको जीवनसंग जोडिएको बिषयलाई हचुवाको भरमा निर्णय गरेकोमा असन्तुष्टि जनाउदै प्रधानमन्त्री ओलीले यस्तो किन गरेको भनेर मन्त्री महासेठलाई प्रश्न गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

गत सातामात्रै कानुन बिपरित भएको भन्दै ट्राफिक प्रहरीले टुटल र पठाओ जस्ता एपमा आबद्द भएर मोटरसाइकलमा यात्रू बोक्नेलाई कारबाही थालेको थियो। टुटल र पठाओमा आबद्दहरुलाई कारबाही थालिएपछि पब्लिकमा मिश्रित आवाज आएको थियो। टुटल र पठाओलाई ट्याक्सी व्यवसायीहरुको व्यवसाय खोस्न लागेको आरोप समत लगाइएको थियो।   

ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक जयराज सापकोटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै मातहतमा रहेको हेलो सरकारमा परेको उजुरीलाई आधार मानेर टुटल र पठाओलाई कारवाहि थालिएको बताएका थिए। तर सरकारले गरेको कारबाहीलाई सर्वसाधारणले मात्र नभई पुर्व प्रधानमन्त्री बाबुराम भट्टराइ, पुर्व उपप्रधानमन्त्री कमल थापा, पत्रकार तथा अर्थबिद अच्युत वाग्ले, सामाजिक अभियन्ता महाबिर पुन लगायतले बिरोध गरेका थिए।

नेपालमा टुटल दुई बर्षदेखि संचालनमा छ भने टुटलमा करिब १० हजार भन्दा बढी सदस्य आबद्ध छन। त्यस्तै बंगलादेशमा मुख्य कार्यालय रहेको पठाओले केहि महिनादेखि यो सेवा संचालन गरेको छ। यसमा आबद्द सदस्यहरुको विन विन अवस्था रहने भएकालेपनि पछिल्लो पटक यसप्रतिको आकर्षण बढ्दै गएको छ।   

'टुटललाई कारबाही होइन, प्रविधिको मर्म बुझेर कानुन बनाउनुपर्छ'


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved