इन्टरनेटमा नयाँ मापदण्ड, सार्वजनिक वाइफाइमा कडाइ !

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Jan 30, 2019 | 01:34:40 AM मा प्रकाशित

laxmi  sunrise bank
सरकारले सार्वजनिक वाइफाइ प्रयोगमा कडाइ गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक वाइफाइबाट हुने अपराध रोक्न आवश्यक मापदण्ड तयार गरेको हो । 

पछिल्लो समय सार्वजनिक वाइफाइको प्रयोग बढ्दो छ । काठमाडौं महानगरपालिकाले मात्रै विभिन्न ६ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराइसकेको छ । यस्तै, इन्टरनेट सेवाप्रदायकले पनि विभिन्न ठाउँमा निःशुल्क वाइफाइ उपलब्ध गराउँदै आएका छन्।

होटल, रेष्टुरेन्ट, सपिङ महलहरु पनि ग्राहकलाई आकर्षित गर्न निःशुल्क इन्टरनेट प्रदान गरिरहेका छन् । सार्वजनिक वाइफइ प्रयोग गर्नेको सुरक्षा र त्यहाँबाट हुने अपराध रोक्न मापदण्डको खाका तयार गरेको छ । तयार भएको मापदण्ड प्राधिकरणको बोर्डबाट प्रारित भएसँगै लागु हुनेछ । 

प्राधिकरणले अहिले निःशुल्क वाइफाइ सेवाप्रदायकका मापदण्ड तयार गरेको छ ।  नयाँ मापदण्डमा प्रयोगकर्तालाई ट्र्याक गर्न र व्यावसायिक रूपमा डाटा प्रयोग गर्न नपाइने प्रावधान राखिएको छ । मापदण्डमा उल्लेख भएको बुदाँमा एक्सेस प्वाइन्ट पूर्णरूपमा कन्फिगेरेसन गरिएको र फ्याक्ट्री डिफल्ट सेटिङ हटाइएको हुनुपर्नेछ । वाइफाइ एक्सेस हुने उपकरण नेपाल दूरसञ्चार प्राधिकरणबाट टाइप स्वीकृति भएको हुनुपर्नेछ ।  सेक्युरिटी अपडेट्स र प्याच सबै सिस्टम डिभाइसमा राखिएको हुनुपर्ने, डिभाइसको बीचमा टू लेयर आइसोलेसन उपलब्ध हुनुपर्नेछ । 
 
वाइफाइ प्रयोगकर्ताको मोबाइल नम्बर, आईपी एड्रेस, युजरको लगइन समयावधिलगायत विषय सेवाप्रदायकले सुरक्षित राख्नुपर्नेछ । कानूनी अनुसन्धानका लागि त्यस्ता डाटा तोकिएको संस्थालाई दिनुपर्ने मापदण्डमा र उल्लेख गरिएको छ ।  तर सेवाप्रदायकले व्यापारिक प्रयोजनका लागि यस्ता जनकारी तेस्रो पक्षलाई बिक्री गर्न पाउने छैन । 

यस्तै निःशुल्क वाइफ सिधै कनेक्ट हुने खालको हुनुहुँदैन । वाइफाइ लगइन गर्दा पासवर्ड मोबाइल नम्बरमा पासवर्ड पठाउनुपर्ने र नेपाली र अंग्रेजी दुवै भाषामा हुनुपर्ने भनिएको छ । त्यो एक पटक लगइन गर्न मात्र प्रयोग गर्न सकिने लगायतका मापदण्ड लागु गर्ने तयारीमा प्राधिकरण छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved