३६ करोडको लागतमा टेलिकमको ४ जी सेवा सुरु, ४ दिनको लागि 4GB निःशुल्क!

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 01, 2017 | 06:08:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले आजदेखी नेपालमै पहिलो पटक 4G/LTE सेवाको औपचारिक रुपमा शुभारम्भ गरेको छ। एक समारोहका बीच सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले 4G/LTE सेवाको लोगो अनावरण गरी यो सेवाको शुभारम्भ गरे।

4G/LTE को कभरेजलाई बढाउन सकेमा Digital Divide कम हुने र ग्रामीण क्षेत्रमा समेत विभिन्न क्रियाकलाप गर्न सघाउ पुग्ने भएकोले प्राधिकरणले यसका लागि ग्रामीण दूरसञ्चार कोषको रकम प्रयोग गरी विभिन्न कार्य गर्ने योजना बनाएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए।

प्रथम चरणमा काठमाडौँ र पोखरा उपत्यकाका सेवाग्राहीहरुको लागि Peak Data Rate 32.4 Mbps डाउनलोड स्पिड प्रदान गर्न सक्ने नेटवर्क संचालनमा ल्याएको र देशको सम्पूर्ण भू–भागमा यो सेवा क्रमिक रुपमा थप High Speed Data Service को रुपमा पु¥याउने लक्ष्यका साथ गृहकार्य अघि बढिसकेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन। 

   
हाललाई GSM पोष्टपेड मोबाइलमा मात्र यो सेवा उपलब्ध हुनेछ । यसका लागि सेवाग्राहीले *444# डायल गरी Register गर्न सक्ने छन। सन् २०१७ जनवरी भित्रमा 4G सेवाको लागि Register गर्ने GSM पोष्टपेड सेवाग्राहीहरुलाई 4GB Promotional Package को रुपमा प्रतिदिन 1GB डाटाको दरले ४ दिनको लागि 4GB निःशुल्क प्रदान गरिने छ । उक्त सुविधा उपभोग गरिसकेपछि अन्य विभिन्न डाटा प्याकेज खरिद नगरेको अवस्थामा विद्यमान डाटा महसुल दर रु. एक प्रति एमबी लाग्नेछ । साथै हाल जिएसएम पोष्टपेट मोवाइल सेवाग्राहीहरुलाई उपलब्ध रहेका विभिन्न डाटा प्याकेजहरु लिई 4G सेवा उपभोग गर्न सकिन्छ । भविष्यमा पनि डाटा सेवालाई थप विविधिकरण गरी अझ आकर्षक बनाइने छ ।

नेपाल टेलिकमको GSM mobile मार्फत नेपाल टेलिकमको वेबसाइट (www.ntc.net.np), रिचार्ज गर्ने वेबसाइट (webrecharge.ntc.net.np) र Meet (www.meet.net.np) browse गर्दा शुल्क नलाग्ने व्यवस्था मिलाइएको छ ।
 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved