७५ वटै जिल्लामा नेपाल तेलिकमको माइक्रोवेभ रेडियो लिंकको पहुँच विस्तार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 23, 2016 | 08:26:32 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले यही भाद्र चार गते देखि ७५ वटै जिल्लामा माइक्रोवेभ रेडियो लिंकको पहुँच पुर्याई सेवा उपलब्ध गराउन थालेको छ । त्यस अघि विशेषगरी कर्णाली अञ्चलका मुगु, हुम्ला र डोल्पा जिल्लाका सदरमुकामहरुमा स्याटेलाइट प्रविधि मार्फत सेवा उपलब्ध गराइदै आएको र सेवा उपभोगका सन्दर्भमा विभिन्न कठिनाइको सामना गर्नुपर्ने स्थिति रहेको थियो ।
 
उक्त माइक्रोवेभ लिंक स्थापना पश्चात १७० एमबीपीएसको लिंकमार्फत ल्याण्डलाइन, जिएसएम, सिडिएमएका टेलिफोन सेवा तथा ADSL, 2G, EVDO इन्टरनेट सेवाको डाटा क्षमतामा उल्लेख्य सुधार हुनेछ । साथै भविष्यमा 3G र WiMAX सेवा पनि सञ्चालन गर्न सकिने छ । यसबाट विशेषगरी कर्णालीबासी उपभोक्ताहरुले अधिकतम लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

२०७३ भाद्र चार गते कम्पनीले ७५ औं जिल्लाको रुपमा हुम्लाको सिमिकोटमा सो प्रविधिमार्फत सेवा उपलब्ध गराउन थालेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved