सरकारले त्रिभुव अन्तराष्ट्रिय एयरपोर्टको धावनमार्ग पुननिर्माण गर्ने भएको छ । २०७२ सालको गोरखा भूकम्पपछि विमानस्थलको धावनमार्ग कमजोर भएको भनेर प्रचार हुन थालेपछि सरकारले विज्ञहरुको सुझाव अनुसार विमानस्थलको धावनमार्ग सुधार गर्ने भएको हो ।
नेपालको उड्ययन क्षेत्रको नियामक निकाय नागरिक उड्ययन प्राधिकरणका सहायक महाप्रबन्धक राजन पोखरेलका अनुसार आगामी अप्रिलदेखी धावनमार्ग निर्माणको काम सुरु हुनेछ ।
‘धावनमार्गको जमिन मुनि पानीको तलाउ जस्तो देखिएको छ, वर्षात्मा धावनमार्गको पिच तातेर उक्त पानी बाहिर आउने समस्या छ’ पोखरेलले भने, ‘यही समस्या समाधानको लागी अप्रिलदेखी धावनमार्ग सुधारको काम सुरु हुन्छ ।’ उनका अनुसार अप्रिल २ देखी ३ महिनाका लागी बेलुका १० बजेदेखी बिहान ८ बजेसम्म विमानस्थल बन्द हुनेछ । यसका लागी आन्तरिक तथा बाह्य उडान भर्दै आएका विमान कम्पनीहरुलाई जानकारी गराईसकिएको छ ।
चाईना नेशनल एरो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशन (China National Aero Technogaly International Engineering Corporation) ले ३ महिनामा सक्ने गरी ३ अर्ब ७८ करोडमा निर्माणको जिम्मा लिएको छ ।
सरकारले भूकम्पपछि अमेरिकी सेनाको सहयोगका विमानस्थलको धावनमार्गको अवस्थाबारे अध्ययन गरेको थियो ।