कर नतिरि व्यवसाय गर्ने प्याराग्लाइडिङ कम्पनीका गाडी महानगरद्धारा कब्जा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2019 | 01:47:30 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा महानगरपालिकाले दर्ता नभएका र कर नतिरेका प्याराग्लाइडिङ कम्पनीका गाडी कब्जामा लिएको छ । नवीकरण नगरिएका र राज्यलाई तिर्नुपर्ने कर नतिरेका प्याराग्लाइडिङले उडान भर्न खोजेपछि पोखरा महानगरले यस्ता कम्पनीका गाडी कब्जामा लिएको हो । 

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेष नारायण पौडेलका अनुसार कर नतिरी पर्यटकलाई प्याराग्लाइडिङ गराउने तयारी गरेका ६ वटा कम्पनीका गाडी नियन्त्रणमा लिइएको हो । महानगरले एक महिना अघि नै प्याराग्लाइडिङ कम्पनीलाई करको दायरामा आउन सूचना निकालेको थियो । तर यस अवधिमा केही कम्पनीहरु महानगरको सम्पर्कमा आए पनि धेरैजसो कम्पनीहरु महानगरको स म्पर्कभन्दा बाहिर छन् । 

पछिल्ला चार आर्थिक वर्षमा प्याराग्लाइडिङ कम्पनीले प्रति कम्पनी ८६ हजार रुपैयाँका दरले महानगरलाई राजस्व बुझाउन बाँकी छ । ६१ वटा प्याराग्लाइडिङ कम्पनीमध्ये ५६ वटा सञ्चालनमा छन भने् ४० वटा जति नियमित सञ्चालनमा छन् । २ कम्पनीले पहिले नै दर्ता, नवीकरण गरिसकेका थिए ।

कास्कीमा सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र डिकीडाँडाबाट प्याराग्लाइडिङ उडाउन अनुमति दिईएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved