कम्युनिष्ट किल्ला धरानमा कांग्रेसको ऐतिहासिक जित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2019 | 11:06:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार तिलक राईले  नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई २ हजार ७ सय ९५ मतान्तरले हराएका हुन्। तिलकले २६ हजार ७ सय ९ मत पाएका छन् भने प्रकाशले २३ हजार ९ सय १४ मत ल्याएका छन्। 

२८ वर्षसम्म धरान कम्युनिष्टको किल्लाको रूपमा रहेको थियो। तर अहिले त्यहाँ कांग्रेसले ऐतिहासिक जित हात पारेको हो । 

२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचत तारा सुब्बाको निधन भएपछि उपनिर्वाचन भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved