व्यवसायीलाई ज्वाइँ सरहको वातावरण : राज्यमन्त्री दुगड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 04:28:49 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग राज्यमन्त्री माेतिलाल दुगडले  उद्याेगि व्यवसायीलाई ज्वाइँ जसरी राताे कार्पेटले स्वागत गर्न सके मात्रै देशमा व्यवसायिक  वातावरण बन्ने बताएका छन् । आफु पनि व्यवसायी भएको र आफुले समस्या बुझेकोले व्यवसायीलाई ज्वाइँ सरह राताे कार्पेट ओछ्याउने वातावरण बनाउने उनले बनाए।

उनले अहिले काम गराउँने प्रक्रिया लामो भएको र काम गराउँदा गराउँदै व्यवसायीकाे याेजना हराएर जाने बताए । उनले उद्योगीलाई जेल हाल्ने कानुनले व्यवसायीलाई निराश बनाउने भन्दै यसलाई संशोधन गर्न आफुले पहल गर्ने बताए ।  

अर्थमन्त्रीलाई विद्वानकाे संज्ञा दिदै उनले अर्थमन्त्रीले सोचेर र बुझेर मात्रै नीति नियम ल्याएकाे तर केहि निती नियम नेपालकाे वातावरण सुहाउँदाे नभएकाे बताए। आफु मन्त्री भएर आउँदा सरकारी संस्थानका प्रमुखहरु पुष्पगुच्छा लिएर आएको तर आफुले भने संस्थान नाफामा गएको विवरण लिएर भेट्न आउँन निर्देशन दिएको बताए । उनले ति संस्था घाटामा जानुको कारण समेत माग गरेको बताए ।  

उनले निर्यातमा ठुलाे हिस्सा रहेकाे पाम आयलको समस्या समाधान गर्न उच्चस्तरीय पहल भइरहेको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved