कोरोना विरुद्द लड्न समाजवादी पार्टीले १० लाख दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 28, 2020 | 06:15:20 PM मा प्रकाशित

laxmi  sunrise bank

समाजवादी पार्टी नेपालले कोरोना भाइरस विरुद्द लड्न सरकारले खडा गरेको केन्द्रीय राहत कोषमा १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गरी पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने सांसद तथा जनप्रतिनिधिको आधा महिना बराबरको तलब तथा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको सहयोगसमेत गरी एकमुस्ट १० लाख रकम दिने जनाएका हुन् ।

अध्यक्ष यावदले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट प्राप्त सहयोगको सदुपयोगको प्रबन्ध मिलाउनसमेत र विशेष स्थितिमा उच्च सतर्कता अपनाउन चालु आर्थिक वर्षको राज्यको सञ्चित कोषबाट खर्च गर्न पनि सरकारलाई आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved