पूर्वप्रधानमन्त्रीहरुसामू देउवाले राखे यस्तो प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 02:57:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सबै पूर्वप्रधानमन्त्रीहरुसँग टेलिफोनमार्फत कुराकानी गरेका छन् । उनी आफैँले पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दहाल, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित मन्त्रिपरिषद्का अध्यक्ष बनेका तत्कालिन प्रधानन्यायधिश खिलराज रेग्मिसँग टेलिफोनमा संवाद गरेको जानकारी गराएका छन् । 

उनले कुराकानीमा कोरोना भाइरसको संकटका बेला एकै ठाउँमा उभिएर एक्यवद्ध भएर काम गरौँ भन्ने प्रस्ताव आफूले राखेको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं, अपील गरेको छु ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने कुराकानी गरेका छैनन् । यसबारे पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले कुनै उल्लेख गरेका छैनन् । 

नेपाली काँग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले शनिबार मात्रै मध्यावधि निर्वाचन गर्नुपर्ने माग गरेका थिए भने काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि नै सहमतिको सरकार बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिईसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved