तत्काललाई ओलीको राजिनामाको 'च्याप्टर क्लोज', यसरि टर्यो नेकपा विवाद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 10:39:05 PM मा प्रकाशित

laxmi  sunrise bank

तत्कालको लागि नेकपा भित्र देखिएको शक्ति संघर्ष टरेको छ। पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको आत्मालोचना र पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधि सभा बनाउने बिषयमा सहमति जूटेसँगै तत्कालका लागि नेकपा भित्रको शक्ति संघर्ष टरेको छ।

आज ढिलो गरि बसेको नेकपाको सचिवालयको बैठकले पार्टी उपाध्यक्ष गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुलाई जानकारी दिएका छन्।  श्रेष्ठले उपयुक्त समयमा प्रतिनिधि सभा सदस्य बनाउने गरी पार्टीले पहल अघि बढाउने निर्णय गरेको बताए। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले यसबीचमा भएका निर्णय र घटनाक्रमका लागि आत्मालोचना गरेकोसमेत प्रवक्ता श्रेष्ठले बताए।

नेकपामा बिशेषगरि प्रचण्ड, माधव नेपाल र ओलीबीच तिब्र शक्ति संघर्ष देखिएको थियो। तीब्र बनेको शक्ति संघर्षकैबीच १७ वैशाखमा बसेको सचिवालय बैठकमा ओलीले गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका थिए।

ओलीले आफुलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन पार्टीभित्रैबाट षडयन्त्र भएको भन्दै उनले आफूले प्रधानमन्त्री पद छाड्ने भए गौतमलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव गरेका थिए। 

गौतमलाई प्रतिनिधि सभा सदस्य बनाउन कुनै एक क्षेत्र खाली गराउनका लागि पहल गर्न बैठकमा ओलीले आग्रह गरेका थिए। गौतम २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित उम्मेदवार हुन्।

बामदेवले उधारो सहमति नमान्ने भनिरहँदा अर्का अध्यक्ष प्रचण्डले १७ वैशाखको बैठकमा ओलीलाई राजीनामा गर्न आग्रह गरेका थिए। तर त्यसलाई रोक्न ओलीले प्रधानमन्त्रीमा बामदेवलाई अघि सारेपछि तत्कालको लागि शक्ति संघर्ष टरेको छ। 

नेकपाको सचिवालय बैठकले २५ वैशाखमा स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ। २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकअघि २४ वैशाखमा सचिवालयको अर्को बैठक बस्नेसमेत उनले जानकारी दिए।

त्यस्तै उपप्रधान तथा रक्षामन्त्री समेत रहेका अर्का नेकपा सचिवालय सदस्य इश्वर पोखरेलले वर्तमान अवस्थामा देखिएका समस्या र चुनौतीहरूलाई सामना गर्न एकतावद्ध भई अघि बढ्ने संकल्प गर्दै सचिवालयको बैठक सम्पन्न भएको दाबि गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved