तिलोत्तमामा लकडाउन थप कडा, बैंकहरु ३ दिनमात्र खुल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2020 | 10:56:46 PM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लकडाउनलाई थप कडाई गर्ने भएको छ ।  यसका लागि नगरपालिकाले नगरका सवैतिरका सहायक नाकाहरु पूर्णरुपमा सिल गर्ने भएको छ ।

लकडाउनलाई थप प्रभावकारी वनाउन नगरपालिकाका सहायक सबै नाकाहरुबाट हुने आवत जावतलाई पूर्णरुपमा बन्द गरेर सबै नाका सिल गर्ने र सिद्धार्थ राजमार्गको (बुटवल–बेलहिया ब्यापारिक सडक) मात्र प्रयोग गर्ने गराउने ब्यवस्था गरिएको नगरप्रमुख बासुदेव घिमिरेले वताए । बिहिबार बसेको नगर कार्यपालिकाको बैठकले लकडाउन सम्वन्धि यस अघि भएका अन्य ब्यवस्थाहरु यथावत रहने गरी केही संशोधन र केही थप गर्ने निर्णय गरेको नगरप्रमुख घिमिरेले वताए ।

बैठक पछि नगरपालिकाले जारी गरेको जरुरी सूचनामा तोकिएको समय बाहेक लकडाउन सम्वन्धि सूचनाको उलंघन गरी पसल तथा व्यवसाय संचालन गर्नेलाई नेपाल सरकारले तोकेको लकडाउन अवधिभर पसल, व्यवसाय खोल्न नपाउने गरी सिल गरिने उल्लेख छ । यस्तै नगरक्षेत्र भित्र संचालनमा रहेका सवै प्रकारका बैंक तथा वित्तिय संस्था (वचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्था समेत) लाई हप्तामा ३ दिन आईतवार, मंगलवार र विहिवार विहान १० वजे देखि दिउसो १ सम्म मात्र बैकिङ्ग तथा वित्तिय सेवा प्रवाह गर्ने गराउने ब्यवस्था गरिएको छ ।

दुग्धजन्य पदार्थ विक्री वितरण गर्ने डेरी तथा दुग्ध उत्पादकहरुका लागि विहान ६ वजे देखि ८ वजे सम्म र अपरान्ह ४ वजे देखि साँझ ६ वजे सम्म विक्री वितरण गर्ने समय सिमा निर्धारण गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved