तराईमा २ सय र पहाडमा ५० वेडको आइसोलेसन केन्द्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 11:43:08 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश ५ को मन्त्रिपरिषद्को वैठकले तराईका जिल्लामा २ सय र पहाडी जिल्लामा ५० बेडको आइसोलेसन केन्द्र बनाउने भएको छ। बैठकले त्यस्ता केन्द्र बनाउन कोभिड कोषबाट रकम दिन निर्णय गरेको हो । आइसोलेसन केन्द्रमा पिसिआरबाट पोजेटिभ देखिएका र  कोभिड १९ को लक्षण देखिएका बिरामीलाई राखिने छ।

बैठकले आर्थिक वर्ष ७७/७८ को नीति तथा कार्यक्रम जेठ १० गते ३ बजे प्रस्तुत गर्नको लागि प्रदेश प्रमुखलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले जेठ १५ गते गणतन्त्र दिवसमा दिपावली गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले यस अघि निधन भएका प्रदेश सभाका कांग्रेस संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको परिवारलाई बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय गरेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved