सलह किराको नियन्त्रणबारे अध्ययन गर्न समिति गठन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 09:21:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सलह कीरा नेपालमा पनि आउने सम्भावना बारे अध्ययन गर्न सरकारले अध्ययन समिति बनाएको छ । सलह किराको रोकथाम तथा नियन्त्रणका लागि अध्ययन गर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले एउटा प्राविधिक समिति पनि बनाएको छ । 

अफ्रिकी देशहरुबाट एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारत आइपुगेको सलह कीरा नेपालमा समेत आउने सम्भावना बढेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपालमा हुनसक्ने क्षति र रोकथामको विषयमा अध्ययन गर्न प्राविधिक समिति बनाएको हो । 

मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समितिले नेपालमा सलह कीरा आउन सक्ने सम्भावना र त्यसको रोकथाम कसरी गर्ने भन्ने विषयमा अध्ययन गर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved