ललितपुरका कोरोनाबाट मृत्यु भएकाको पशुपतिमा अन्त्येष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 09:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मती घर भई बुधबार अपराह्न निधन भएका ५७ वर्षीय पुरुषको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाह गृहमा गरिने भएको छ ।

अन्त्येष्टि गर्ने जिम्मा राजदल गणलगायत नेपाली सेनालाई दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । उनले भने, “मृतक व्यक्तिको सम्पर्कका आएका आफन्त, परिवारलगायत छिमेकीको कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गर्ने जिम्मा जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरलाई दिइएको छ ।” जनस्वास्थ्य कार्यालयले बुङ्मतीमा गएर आवश्यक व्यक्तिको कोरोना परीक्षण गर्ने भुसालले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved