प्रदेश १ मा थप ३० जनाले जिते कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2020 | 07:44:58 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं १ बाट ७८ जनाले कोरोना भाइरसलाई पराजित गरेर घर फर्किएका छन् । आज थप ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । 

कोशी अस्पताल कोरोना उपचार केन्द्रबाट २७ जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना गरी आज ३० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । 

यसैबीच प्रदेश १ मा आज थप १६ जनालाई संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या २०१ पुगेको छ । यतिबेला १२३ जना संक्रमित उपचाररत छन् । प्रदेश १ मा १० हजार ५७ जनाको पिसिआर परीक्षण भइसकेको छ भने आरडीटिबाट १२ हजार नौ सय ५० जनाकोे परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ ।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved