महासंघका पदाधिकारी र महावाणिज्यदूत पौडेलबीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2020 | 06:10:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी र कलकत्ताका लागि नवनियुक्त नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलबीच भेटवार्ता भएको छ । महासंघ सचिवालयमा भएको भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र महानिर्देशक धरणीधर खतिवडाको सहभागिता रहेको थियो ।

भेटमा महासंघले नेपाल भारत व्यापार तथा पारवहन, नेपाली कृषि उत्पादनहको भारत निर्यातमा सहजीकरण, गैह्र भंसार अवरोध, दुवै देशका प्रादेशिक सरकार बीचको अन्तर सम्बन्ध विस्तार लगायतका मागत राखेको जनाएको छ । त्यस्तै आइसीपीहरूको निर्माण तथा प्रभावकारी उपयोग, कन्कर र सिपिङ कम्पनीहरूको एकाधिकार, नेपालका लागि पैठारी गरिएका तेस्रो मुलुकको बल्क कार्गोका लागि स्थान विस्तार, कन्टेनरको बिलम्व चार्जका कारण नेपाली आयातकर्तालाई परेका समस्या एवं तिनको निराकरण लगायतका विषयमा छलफल भएको जनाइएको छ ।

जवाफमा महावाणिज्यदूत पौडेलले नेपालको आयात निर्यात व्यापारलाई सहजीकरण गर्ने, बन्दरगाहको प्रयोगमा नेपाली व्यवसायीहले भोग्नु परेका समस्या समाधान एवं नेपालको भारत निर्यात प्रवद्र्धनमा आफूले सक्दो सहयोग गर्ने बताएको महासंघले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved