मंगलबार थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2020 | 04:32:07 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । 

हालसम्म १६ हजार ६६४ जना उपचार पश्चात निको भएका छन् । आज मात्रै १७१ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ८३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २०१ रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved