बुधबार थप ११ सय ७२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी कुल ११ सय ७२ जनामा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमित हुनेको संख्या ६७ हजार ८०४ जना पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ४९ हजार ९५० जना निको भएर घर फर्किसकेका छन् । विगत २४ घण्टामा मात्रै १८ सय ९३ जना कोरोना जितेर घर फर्किएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ७ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ४ सय ३६ पुगेको छ ।