मन्त्री भट्टराईले यसरी मनाए पर्यटन दिवस (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 02:09:15 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई आज बृक्षारोपण गरी पर्यटन दिवस मनाएका छन् । चोभारको मञ्जुश्री पार्कमा पुगेर बृक्षारोपण गरी मन्त्री भट्टराईले ४१ औँ विश्व पर्यटन दिवस मनाए । 

पर्यटन दिवसका अवसरमा बृक्षारोपण कार्यक्रम गर्दै मन्त्री भट्टराईले हरेक ठूला शहरको नजिकैको गाउँलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने बताए । उनले राजधानी काठमाडौँ वरिपरिका क्षेत्रलाई हराभरा बनाएर आन्तरिक पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने काम सरकारले सुरु गरिसकेको पनि बताए । 

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका उच्च अधिकारी, पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिध एवम् सर्वसाधरणको उपस्थिति थियो ।

फोटोफिचर:





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved