जोर बिजोर नियमलाई कडाई गर्ने तयारी, आज मात्रै हजार सवारी कारवाहीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2020 | 11:55:27 AM मा प्रकाशित

laxmi  sunrise bank

जोर बिजोर उल्लङघन गर्नेलाई प्रहरीले कडाई गर्न थालेको छ । मंगलबार बिहान ११ः३० बजेसम्म मात्र जोर बिजोर उल्लङघन गर्ने १ हजार भन्दा बढी सवारी साधन कारवाहीमा परीसकोको  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका प्रमुख भिम ढकालका अनुसार मंगलबार बिहान ११ः३० बजेसम्म उपत्यकाका तीन जिल्लामा एक हजार ५८ वटा सवारी कारवाहीमा परेका छन् । जसमध्ये ८९७ वटा दूइपाङ्ग्रे साधन र एक सय ६१ वटा चारपाङ्ग्रे सवारी कारवाहीमा परेका छन् ।

यसरी कारवाहीमा परेकाहरुलाई दिनभरी होल्ड गर्ने गरेको प्रमुख ढकालले जनाएका छन् । 

सरकारले अधिले लकडाउन तथा निषेधाज्ञा अन्त्यको घोषण गरेपनि सावारीमा भने जोर बिजोर कायम राखेको छ । अघिल्लो दिनहरुको तुलनामा मंगलबार प्रहरीले जोर बिजोर उल्लङघन गर्नेलाई निकै कडाई गरेको छ । आगामी दिनमा झनै कडाई गर्ने प्रमुुख ढकाल बताउँछन् । उनी भन्छन् ‘हिजो अस्ति जोर बिजोर उल्लङघन गर्दै हिडेको धेरै पाईयो त्यस कारण आज निकै कडा गरेका छौं । अब थप कडा गर्दै जाने छौं ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved