राष्ट्रपतिद्वारा रानीपोखरीको उद्घाटन (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 02:49:43 PM मा प्रकाशित

laxmi  sunrise bank

पुनःनिर्मित रानीपोखरीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । २०७२ सालको भूकम्पका कारण पूर्णरूपमा भत्किएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएपछि बुधबार उद्घाटन भएको हो । रानीपोखरी उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी भएका थिए ।

तीन सय ५२ वर्ष पुरानो सम्पदा भूकम्प गएको पाँच वर्षपछि पुरानै शैलीमा पुनःनिर्माण सम्पन्न भएको छ । अब यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन् । भूकम्पपछि पाँच वर्षसम्म हरेक वर्ष भाइटीकामा पोखरीमा रहेको पुलको मुखमा बालगोपालेश्वर मूर्तिलाई राखी दर्शन गर्ने गरिएको थियो ।  

शुरुमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले महानगरकै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो । 

हेर्नुहोस् फोटोः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved