लगानी सम्मेलनमा 'धुलिखेल मेडिसिटी प्रोजेक्ट': ११ अर्ब लगानी, विश्वस्तरीय मेडिकल हब

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2024 | 12:11:17 PM मा प्रकाशित

laxmi  sunrise bank

आसन्न लगानी सम्मेलनमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा प्रस्तावित 'धुलिखेल मेडिसिटी प्रोजेक्ट' शो केश हुने भएको छ। धुलिखेल मेडिसिटी प्रोजेक्टलाई स्वास्थ्य क्षेत्रका विविध सेवा तथा सुविधा प्रदान गर्ने गरि  सुपर स्पेशलिटी अस्पतालको रूपमा परिकल्पना गरिएको छ। 

यो विश्वस्तरीय मेडिकल सेन्टरको साथ साथ मेडिकल टुरिजम हबको रुपमा समेत रहने गरि निर्माण गर्न प्रस्ताव गरिएको छ।  उच्च गुणस्तरित, प्रविधियुक्त, ब्यापक स्वास्थ्य सेवाहरु प्रदान गर्ने र स्वास्थ्य सेवाको अनुपम अनुभव प्रदान  गरेर पर्यटक समेत आकर्षित गर्ने प्रोजेक्टको लक्ष्य छ। समग्रमा यस प्रोजेक्टलाई मेडिकल टुरिजम हबको रुपमा विकास गर्ने योजना छ ।

यो प्रोजेक्ट २६८ रोपनीमा फैलने छ । हाल धुलिखेल नगरपालिकाको वडा नम्बर १२ स्थित चिसापानी खेलकुद मैदानको पश्चिम तर्फ र श्री ओखरबोट अर्ग्यानिक फार्मको दक्षिणतर्फ रहेको खाली स्थानमा रहनेगरि यो परियोजना प्रस्ताव गरिएको छ । 

प्रोजेक्ट अन्तर्गत उच्च स्तरीयप्रविधिको चिकित्सा पूर्वाधार, कार्डियक केयर (मुटु समबन्धि ), हड्डी रोग, न्यूरोलोजी (स्नायु समबन्धि ) ,ओन्कोलोजी (क्यान्सर समबन्धि), कस्मेटिक सर्जरी समबन्धि सेवाहरु प्रदान हुनेछ । बिरामीको लागि आवास सुविधा र अन्य जनशक्तिको परिवारको लागि पनि आवास सुविधा प्रस्ताव गरिएको छ । 

प्रोजेक्टमा बिरामीको लागि  ३०० शैया (स्कुल अफ मेडिकल साइन्स एण्ड टिचिंग हस्पिटल अन्तर्गत) र १०० शैया (एकीकृत चिकित्सा संस्थान अन्तर्गत) रहने छ । वेलनेस रिसोर्टको रुपमा १०० पाहुना रुम, जेरियाट्रिक्स स्वास्थ्य सेवा र आवासीय हेरचाह अन्तरगत १०० शैया रहने छ ।  प्रोजेक्ट अन्तर्गत बहुउद्देश्यीय हल, अक्सिजन प्लान्ट, आवासीय क्षेत्रहरु र खेलकुद कम्प्लेक्स पनि रहने छन् ।  

यस प्रोजेक्टले चिकित्सा शिक्षा, अध्ययन तथा अनुसन्धानमा सघाउने, नेपाललाई चिकित्सा पर्यटन प्रबर्दनको रुपमा विकास गर्ने, स्वास्थ्य सेवाको विकास हुने, स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने, र रोजगारीको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।   

यस प्रोजेक्टको कुल लगानी ११ अर्ब प्रस्ताव गरिएको छ ।  जसमा ९० प्रतिशत ऋण र १० प्रतिशत इक्विटी मार्फत उठाउन सकिने उल्लेख छ।  प्रोजेक्टबाट ११ वर्षमा लगानी उठ्ने अपेक्षा छ । प्रोजेक्ट पब्लिक प्राइभेट पार्टनरसिप (पिपिपि) मोडलमा विकास गरिने उल्लेख छ । प्रोजेक्टबाट स्वास्थ्य सेवा अन्तर्गत वार्षिक ८२ करोड २० लाख आम्दानी हुने र शिक्षण सेवाबाट थप  ९२ लाख आम्दानी हुने अनुमान छ । प्रोजेक्टसँग समबन्धित निकायको रुपमा लगानी बोर्ड, स्वास्थ्य मन्त्रालय र धुलिखेल नगरपालिका कार्यालय रहेका छन्। 

यस अघिको लगानी सम्मेलनमा पनि यो प्रोजेक्ट शोकेस गरिएको थियो । तर यसमा कसैले इच्छा भने देखाएका थिएनन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved