भारतमा संसदीय चुनाव सुरु हुँदै, ४०० सिट जित्ने मोदीको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2024 | 09:16:19 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा भोली (१९ अप्रिल) शुक्रबार देखि लोकसभा निर्वाचन सुरु हुदै छ। यो भारतको संसदीय चुनाव हो 

भारतको निर्वाचन आयोगले ७ चरणमा निर्वाचन गर्ने घोषणा गरेकोमा पहिलो चरणको चुनाव १९ अप्रिलमा हुन लागेको हो । पहिलो चरणमा २१ राज्यको १०२ वटा निर्वाचन क्षेत्रमा चुनाव हुने छ । पहिलो चरणमा अन्डमान एण्ड निकोबार आईल्याण्ड, अरुनांचल प्रदेश, आसाम, बिहार, जम्मु कश्मिर, छत्तीसगढ, लक्ष्यदिप, मध्यप्रदेश, महाराष्ट्र , मणिपुर, राजस्थान, मेगालय, मिजोरम, नागाल्याण्ड, पोंड़ीचरी, सिक्किम, तमिल नाडु, त्रिपुरा, उत्तराखण्ड, पश्चिम बंगाल र उत्तर प्रदेशमा चुनाव हुने छ । यी मध्ये केहि राज्यका पुरै निर्वाचन क्षेत्रमा चुनाव हुने छ भने केही राज्यका केहि सिमित सिटमा मात्र चुनाव हुने छ । 

 दोस्रो चरण २६ अप्रिल, तेस्रो चरण मे, चौथो चरण १३ मे, पाँचौ चरण २० मे, छैठौ चरण २५ मे , र सातौ चरणको चुनाव १ जुनमा हुने छ । चुनाव ७ चरणमा भए पनि मतगणना भने देशभर एकै दिन अर्थात जुन ४ मा हुने छ 

भारतको तल्लो सदनको रुपमा चिनिने लोकसभा सदस्यको लागि निर्वाचन हुन लागेको हो । यो भारतमा हुन लागेको १८ औ लोक सभा चुनाव हो । ५४३ सिटको लागि चुनाव हुने छ । 

यो चुनावमा ९६ करोड ८० लाख मतदाता मत हाल्न योग्य रहेका छन् । जस मध्ये ४९.७ करोड पुरुष र ४७.१ करोड महिला रहेका छन्  जस मध्ये ८५ वर्ष भन्दा बढी उमेर रहेका मतदाताको संख्या ८२ लाख रहेको छ यस पटकको चुनावमा १.८ करोड जना पहिलो पटक मतदान गर्दै छन्  १९.७४ करोड जना मतदाता २० देखि २९ वर्ष उमेरक छन्। चुनावमा १० लाख बढी मतदान केन्द्र रहने छन्   ५५ लाख भन्दा बढी इलेक्ट्रिक भोटिंग मेशिन प्रयोग हुने छन् 

यस पटकको चुनावमा ८५ वर्ष भन्दा बढी उमेर रहेका मतदाताको घरमै गएर मत लिने व्यवस्था गरिएको भारत निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले बताएका छन् । उनका अनुसार यदी उनीहरु मतदान केन्द्रमा आउँन चाहे आउँन सक्ने छन् । तर मतदान केन्द्रमा आउँन नचाहने र नसक्नेहरुको हकमा घर मै गएर मत संकलन गरिने छ। यो नियम ४० प्रतिशतभन्दा बढी अपांगता भएका व्यक्तिको हकमा पनि लागु हुने छ। 

यस अघिको चुनावमा ५४३ सिट मध्ये भारतीय जनता पार्टी एक्ल्यैले ५० प्रतिशत बढी सिट अर्थात् २९० सिट जितेको थियो । भारतीय जनता पार्टीपछि सर्वाधिक सिट जित्ने पार्टी भारतीय नेशनल कांग्रेस रहेको थियो, जसले ४६ सिट जितेको थियो । यस पटक भारतीय जनता पार्टीले ४०० सिट जित्ने लक्ष्य राखेको छ ।  भाजपाबाट प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले ४०० सिट जित्ने दाबी गरिरहेका छन् ।  तर त्यसको लागि मोदीले दक्षिण भारतमा धेरै सिट जित्नु पर्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  तमिल नादु, कर्नाटका, आन्द्रप्रदेश, केरला,  तेलंगाना, पोंड़ीचरी र लक्ष्यदिपमा  भारतको २० प्रतिशत जनसंख्या छ । यहाँ कुल १३१ सिट छ ।  अघिल्लो चुनावमा भाजपाले यहाँ १३१ मध्ये ३० सिट मात्र जितेको थियो ।   यी राज्यमा धेरै सिट जिते मात्र मोदीको ४०० सिटको लक्ष्य पुरा हुने बताईन्छ । मोदीले 'फिर एक बारे मोदी सरकार', 'तिसरी बार मोदी सरकार' 'अबकी बार ४०० पार' जस्ता अभियान संचालन गरिरहेका छन् । मोदी लगातार २ कार्यकाल प्रधानमन्त्री भईसकेका छन् । अब फेरी प्रधानमन्त्री भए भने उनको तेस्रो कार्यकाल हुने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved