डिशहोमले ल्यायो 'जति पैसाको रिचार्ज उतिनै पैसा बोनस' अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2024 | 08:27:39 PM मा प्रकाशित

laxmi  sunrise bank

डिशहोम डिटिएचका ग्राहकहरुले रिचाज गर्दा शतप्रतिशत बोनस पाउने भएका छन् । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरुलाई लक्षित गरि कम्पनीले यो योजना ल्याएको उल्लेख गरेको छ । यस योजना अन्तर्गत जति पैसाको रिचार्ज गरिन्छ त्यतिनै बोनस स्वरुप प्राप्त हुने जनाइएको छ ।

योजना सिमित अवधिको लागि मात्र लागु गरिएको छ ।

यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गदा थप १२ महिना सम्म निःशुल्क डिशहोम हेर्ने पक्का मौका पाउने जनाइएको छ । डिशहोम डि.टि.एच.का नियमित ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved