एलिट क्यापिटल र रिलायन्स फाइनान्सबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 06:34:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एलिट क्यापिटल लिमिटेड र रिलायन्स फाइनान्स कम्पनीबिच एक अर्काको ग्राहक सेवा प्रवद्र्धनका लागि सम्झौता भएको छ । उत्कृष्ट वित्तिय संस्थाको रुपमा रहेको रिलायन्स र नवस्थापित मर्चेन्ट बैंकर एलिट क्यापिटल दुबैले वित्तिय सेवा र पुँजीबजारसम्बन्धि सेवा सहज र सरल रुपमा दिनका लागि सम्झौता गरेका हुन्।

दुबै संस्थाविच भएको सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अध्यक्ष समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार रिलायन्स फाइनान्सका देशभर रहेका २२ वटा शाखाहरु मार्फत एलिट क्यापिटलका सेवाहरु प्रवाह हुनेछ । सेयर लगानीकर्ताहरुका लागि डिम्याट खाता, पोर्टफोलियो मेनेजमेन्ट सेवा, कर्पोरेट एडभाईजरी सेवा र अण्डरराइटिङ सेवा एलिट क्यापिटलले दिनेछ । यसबाहेक लगानीकर्ताहरुलाई सेयर कारोवार गर्नका लागि एलिट स्टक हाउस (ब्रोकर नम्बर ६८) मार्फत कारोवार खाता एवम अनलाईन टिएमएस सेवा समेत उपलव्ध गराईने भएको छ । 

साथै, रिलायन्स फाइनान्सले बैंक खाता र आस्वा सेवा तथा सिआरएन नम्बर उपलव्ध गराउनेछ भने सेयर लगानीकर्ताहरुलाई सहुलियत दरमा मार्जिन कर्जा समेत उपलव्ध गराउनेछ । 

एलिट क्यापिटलले १९९९ रुपैंयामा एकपटक खोलेपछी आजिवन नविकरण गर्न नपर्ने गरी डिम्याट खाता खोल्ने स्किम ल्याएको छ भने ९९९ रुपैंयामा १० बर्षसम्म नविकरण गर्नु नपर्ने खाता खोल्ने भएको छ । यस्तै रिलायन्स फाइनान्सका खातावालहरुका लागि एलिट क्यापिटलले पोर्टफोलियो मेनेजमेन्ट सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट दिने जनाएको छ ।

उपत्यकाबाहिरका शाखाहरुमा डिम्याट खाता र ब्रोकरको खाताका लागि ग्राहकहरुबाट धेरै अनुरोध आएकाले सहजिकरण गर्न र दुबै संस्थाले आफ्ना सेवालाई थप विस्तार गर्नका लागि सो सम्झौता गरिएको जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved