नेपालका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित, भारतले काटिदिएको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2024 | 05:19:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । बिहिबार अपरान्हदेखि वर्ल्डलिंक, भायनेट, सुबिसु लगायतका सेवा प्रदायकको इन्टरनेट सेवा प्रभावित भएको हो।

नेपालले भारतबाट ब्याण्डविथ खरिद गरेर नेपालमा इन्टरनेट ल्याउने गरेको थियो। नेपालका सेवा प्रदायक र सरकारबीच विवाद रहेकोले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकले ब्यान्डविथ आयात गरेबापत भारतीय कम्पनीलाई तिर्नुपर्ने रकम तिर्न सिफारिस दिएको थिएँन। सोहि कारण नेपालले भारतलाई पैसा तिर्न सकेको थिएँन । 

पैसा नदिएको भन्दै भारतले जुनसुकै बेला इन्टरनेट काटिन सक्ने चेतावनी दिएको थियो । सोहि कारण भारतले नै इन्टरनेटको लाइन काटेको अनुमान गरिएको छ । यद्यपि यसको औपचारिक पुष्टि भने हुन सकेको छैन । 

नेपालले भारतलाई इन्टरनेटको ब्याण्डविथ खरिद गरे वापत करिब ३ अर्ब तिर्नु पर्ने बताईएको छ ।  

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved