सेयरबजारमा हिजो आज देखिएको तिब्र उतारचढावबारे पुर्व अर्थसचिवको विश्लेषण (भिडियो सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 04:26:02 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो समय सेयरबजारमा तिब्र उतारचढाव देखिएको छ। बिगतमा एकै लयमा रहेको सेयरबजारमा पछिल्लो एक महिना यता तिब्र उतारचढाव देखिएको छ। कोरोना त्रासले बिश्व सेयरबजारमा गिरावट आइरहंदा नेपालको बजारमा भने कारोबार रकमले नयाँ इतिहास रच्न सफल भएको छ भने सूचक समेत बढेको छ। 

यद्दपी दुई साता यता कारोबार रकम दैनिक औशत डेढ अर्ब हाराहारी भएको छ भने बजार सूचक नेप्सेमा तिब्र उतारचढाब देखिएको छ। एकै दिन ४०-५० अंकले बढेको बजार लगत्तैको दोस्रो दिन ६० अंकले घटेको अवस्था छ। सेयरबजारमा देखिएको यस प्रकारको तिब्र उतारचढावलाई सेयरबिज्ञ तथा अर्थविदहरुले राम्रो संकेत नभएको बताउने गरेका छन्। कुनै ठोस कारणबिना नै सेयरबजारमा यस प्रकारले तिब्र उतारचढाव देखिंदा आम लगानीकर्ताको बिश्वास गुम्ने खतरा रहेको उनीहरुको भनाई छ। 

भाग्य भरोसामा चलेको जस्तो देखिएको बजारको यस प्रवृतिलाई पुर्व अर्थसचिव कृष्ण हरि बास्कोटाले सहि संकेत नभएको बताएका छन। उनकाअनुसार सामान्य घटबढ बजारको सुन्दरता भएपनि तिब्र उतारचढाव देखिनु सहि होइन। यस प्रकारको उतारचढावले आम लगानीकर्ताको मात्र नभई नियामकप्रति समेत बिश्वास डगमगाउने उनको भनाई छ। 

पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटाले शेयर बजारमा पछिल्लो समय देखिएको तीब्र उतारचढावलाई नियामक निकायलको कमजोरीसँग जोडेका छन् । बजार केही खेलाडीको मुठ्ठीमा मात्रै सिमित रहेको र उनीहरुले फैलाएको अफवाहका कारण उतारचढाव आउने गरेको भन्दै यसमा नियामक निकाय चनाखो बन्न नसक्नु दुर्भाग्य भएको बताएका छन्।

बृस्तृत भिडियोमा 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved